कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, कोरोनाको लहर बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो।

आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले संशोधित अनुमानभन्दा कम आर्थिक वृद्धि हुने बताए। नयाँ वर्षको सुरुवातसँगै बढ्दो क्रममा रहेको कोरोनाको दोस्रो लहरले वैशाख १६ देखि लागु भएको निषेधाज्ञा लागू गरिएको छ। त्यसले आर्थिक आर्थिक गतिविधिलाई निकै प्रभावित पारेको छ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar