जिउमा ८ सय ६४ किराको टाटू बनाएर विश्व कीर्तिमान

जिउमा ८ सय ६४ किराको टाटू बनाएर विश्व कीर्तिमान

काठमाडौं । मानिसले गिनिज बुकमा नाम लेखाउनका लागि अनेक कृत्य गर्दछन् । अमेरिकाका एक व्यक्तिले आफ्नो शरीरमा विभिन्न ८ सय ६४ प्रकारका किटपतंगका टाटू बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

माइक एमोइया नामका ती युवकले शरीरभर खोपेका किराका चित्रयुक्त टाटुको तस्वीर गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा राखेको छ। उनको शरीरमा केवल ८ सय ६४ मात्र टाटु छैनन् अरु जिवजन्तुका पनि टाटू छन् ।

तर गिनिज बुकले उनको शरीरमा भएका ८ सय ६४ वटा इन्सेक्ट अर्थात् किराको टाटु मात्र गणना गरेर माकुरा, बिच्छी तथा खुम्रेकिरा लगायतका टाटु गणना गरेको छैन । जिउमा यतिधेरै किराको टाटु खोपेका माइक किटपतंगप्रेमी होलान् भन्ने धेरैको अनुमान हुन सक्दछ ।

प्रकाशित मिति:     २९ माघ २०७८, शनिबार  |    Himali Khabar