नुवाकोट तारकेश्वरका सोनाम तामाङ साउदीमा काम गर्दैगर्दा मेसिनले थिचेर मृत्यु

नुवाकोट तारकेश्वरका सोनाम तामाङ साउदीमा काम गर्दैगर्दा मेसिनले थिचेर मृत्यु

नुवाकोट, २१ फागुन । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का २८ बर्षीय सोनाम तामाङको साउदीमा काम गर्दैगर्दा अल्मोनियम मेसिनले थिचेर मृत्यु भएको छ । वैदेशिक रोजागारको सिलसिलामा साउदी अरबको दम्माम शहर पुगेका सोनाम तामाङ ड्युटीको दौरान काम गर्दैगर्दा कार्यस्थलमै अचानक मेसिन लडेर आएर थिचेपछी उनको ज्यान गएको हो।

तामाङ बिगत ३ वर्षदेखी साउदीमा कार्यरत थिए। मृतक तामाङ काठमाडौंको बानेश्वरमा अवस्थित राज ओभर्सीजबाट साउदी अरबको रेफ मेटल ईन्डस्ट्रीज कम्पनीमा कामका लागि गएको बताइएको छ।

प्रकाशित मिति:     २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar