जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

काठमाडौं । लगातार तेस्रो वर्ष पनि विश्वमै सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित भएका छन् ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) र आप्रवास परामर्शदाता हेन्ली एन्ड पार्टनर्सका अनुसार यि दुई मुलुकका नागरिकले बिना भिसा अर्थात् प्रवेषाज्ञा विश्वका २ सय २७ मध्ये १ सय ९२ गन्तव्यको भ्रमण गर्न सक्छन् । यसैगरी शक्तिशाली पासपोर्टधारी मुलुकको सूचीको सातौं स्थान मुनि रहेका उत्तर कोरिया र अफगानिस्तानका नागरिकले विश्वका मात्र २६ मुलुक र भूभागमा बिना भिषा भ्रमण गर्न पाउँछन् ।

सूचीअनुसार पहिलोमा जापान र सिंगापुर, दोस्रोमा जर्मनी र दक्षिण कोरिया, तेस्रोमा फिनल्यान्ड, इटाली, लक्ज्वेम्वर्ग र स्पेन, चौंथोमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्डस, र स्विडेन, पाँचौंमा आयरल्यान्ड र पोर्चुगल, छैंटौमा बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका, सातौंमा अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा, आठौंमा हँगेरी र पोल्यान्ड, नवौंमा लिथुआनिया र स्लोभाकिया, दसौंमा इस्टोनिया, लात्भिया र स्लोभेनिया तथा नेपाल एक सय पाचौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति:     ४ माघ २०७८, मंगलवार  |    Himali Khabar