माघ ७ गतेदेखि युरोपको भिसा लिने नेपालीलाई खोप कार्ड अनिवार्य

माघ ७ गतेदेखि युरोपको भिसा लिने नेपालीलाई खोप कार्ड अनिवार्य

काठमाडौं । नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुले भिसा आवेदनमा खोप कार्डलाई अनिवार्य गर्न थालेका छन् । जर्मनीले युरोपको लागि सेन्जेन र न्यासनल भिसामा खोप कार्ड अनिवार्य गरिएको जनाएको छ ।

काठमाडौंस्थित जर्मनी दूतावासले खोप नलगाएका नेपाली भिसा आवेदकहरुको आवेदन रद्द गरिएको जनाएको छ ।

दूतावासले आज विज्ञप्ति जारी गर्दै खोप नलगाएका नेपाली आवेदकहरुको भिसा अप्वाइमेन्ट रद्द गरिएको घोषणा गरेको छ । आगामी माघ ७ गतेदेखि खोप लगाएका व्यक्तिले मात्र भिसा आवेदन दिन पाउने भएका छन् ।

प्रकाशित मिति:     ३ माघ २०७८, सोमबार  |    Himali Khabar