काठमाडौं । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सम्पूर्ण व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने भएको छ । चीनले सन् २०२२ को शीतकालीन ओलम्पिक अघि कोरोना महामारीलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले यस्तो निर्णय गर्न लागेको हो ।
बेइजिङ शीतकालीन ओलम्पिक्सका खेल फेब्रुअरी ४ देखि शुरु हुनेछ । त्यसमा सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।