ओमिक्रोनका कारण अमेरिकाको आर्थिक वृद्धिदर खुम्चिने

ओमिक्रोनका कारण अमेरिकाको आर्थिक वृद्धिदर खुम्चिने

काठमाडौं । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका कारण अमेरिकाको आर्थिक वृद्धिदर यसअघिको अनुमान भन्दा कम हुने भएको छ । शनिबार गोल्डम्यान स्याक्सले सन् २०२२ मा अमेरिकाको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ३.८प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

यसअघि सन् २०२२ मा आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरिए पनि ओमिक्रोन भेरियन्ट फैलन थालेपछि घटाएर ३.८ प्रतिशत मा पुर्याइएको हो ।

ओमिक्रोनका कारण अर्थतन्त्र पुनः सुचारु हुन समय लाग्ने देखिएको छ । साथै, संक्रमण फैलिने क्रम बढ्दै गएमा कामदारको अभाव पनि लामो समयसम्म रहनसक्ने अनुमान गरिएको छ । साथै, अन्य देशहरुले भाइरस रोकथामका लागि कडा प्रतिबन्दहरु लगाएमा आपूर्ति संकट झन् बढ्ने भएकाले अमेरिकी अर्थतन्त्र पनि केही खुम्चिने अनुमान गरिएको हो ।

प्रकाशित मिति:     २० मंसिर २०७८, सोमबार  |    Himali Khabar