डेलिगेट्स समस्या समाधान गरेर मात्रै एनआरएनएको चुनाव गर्न माग

डेलिगेट्स समस्या समाधान गरेर मात्रै एनआरएनएको चुनाव गर्न माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले १०औं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोटसम्बन्धी विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने बताएका छन्।

एनआरएनएको केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका आचार्यले छिटो भन्दा छिटो चुनाव गराउनु पर्ने कुरामा जोड दिए। उनले वर्तमान आईसीसीको कार्यकाल पुरा भइसकेकाले विधानको मर्म र गत अक्टोबर महिनामा भएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको पहिलो विश्व भेलाको निष्कर्ष बमोजिम डेलिगेट्स छनोटसम्बन्धी विवाद समाधान गर्नुपर्ने बताए।

प्रकाशित मिति:     ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar