चाडपर्वमा समेत विप्रेषण घट्यो

चाडपर्वमा समेत विप्रेषण घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ । श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ । दसै‌, तिहारजस्ता चाडपर्वमा सामान्यतया विप्रेषण आप्रवाह बढ्ने गरेको पाइए पनि यस पटक भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । सो अवधिमा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई रु दुई अर्ब दुई करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति:     १ मंसिर २०७८, बुधबार  |    Himali Khabar