अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल आउँदै

काठमाडौं। पछिल्लोसमय नेपालमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्ने कि नगर्ने भन्ने चरम विवाद भइरहेको समयमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन्।

एमसिसीका लागि राजनीतिक वृत्तमा चर्काे विवाद भएको अवस्थामा उनी नेपाल आउन लागेका हुन्। उनी दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री हुन्।

संसदबाट अनुमोदन गर्नुपर्ने एमसिसी पास हुन सकेको छैन। अहिले उनको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ।
उनी मंसिर १ गते काठमाडौं आइपुग्ने कार्यतालिका छ।

प्रकाशित मिति:     २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar