नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।
भारतका प्रधानन्यायाधीश एनभी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ। ुहावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नुपर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,ु सुझावमा उल्लेख गरिएको छ।
मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधीशहरुले गरेका छन्। लकडाउनलाई अदालतले तात्कालीन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनुपर्ने उल्लेख गरेको छ।