बेलायती अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

बेलायती अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

लन्डन । बेलायतको अर्थतन्त्र सेप्टेम्बरमा ०.६ प्रतिशतले बढेको छ । योसँगै अर्थतन्त्र सन् २०२० को फेब्रुअरीमा कोभिडका कारण पहिलो लकडाउन लगाउनु अघिको तुलनामा ०.६ प्रतिशत सानो छ ।

पछिल्लो तथ्यांकले बेलायती अर्थतन्त्रले लकडाउन हटेपछिको लय गुमाएको छर्लङ पारेको छ ।विश्वमा आपूर्ति श्रृंखलामा देखिएको समस्यालगायत कारणले गर्दा बेलायतको आर्थिक वृद्धिदर प्रभावित भएको छ । जुलाईमा अर्थतन्त्र ०.२ प्रतिशतले घटेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

यो यसअघि अनुमान गरिएको ०.१ प्रतिशतको कमीभन्दा धेरै हो । सेप्टेम्बरमा स्वास्थ्य क्षेत्रको उत्पादनमा भएको वृद्धिले आर्थिक वृद्धिदरमा टेवा दिएको हो । महामारी घटेपछि मानिसहरु पुनः डाक्टरकहाँ जान थालेका छन् । यसका कारण सेवा क्षेत्र अगष्टको तुलनामा ०. ७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar