काठमाडौं । मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनको शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको छ ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो।
दुवै देशले आ–आफ्ना जनतालाई खोप लगाउन र कोभिड–१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्।