काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले गत साता ३.३ अर्ब अमेरिकी डलर बराबरको अमेजनकोे सेयर बिक्री गरेका छन् । बेजोसले गत साताको सुरुवातमा २ अर्ब डलर बराबरको ‘अमेजन स्टक’ बिक्री गरेकामा शुक्रबार मात्रै १.३ अर्ब अमेरिकी डलर बराबरको बिक्री थप गरेका हुन् ।
विश्वको दोस्रो धनी व्यक्तिसमेत रहेका बेजोसले पूर्वनिर्धारित भाउमा गत साता कुल ३ लाख ९१ हजार ५५० कित्ता सेयर बिक्री गरेको सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले जनाएको छ । यस वर्ष मात्रै बजोसले ९.९ अर्ब डलरको ‘अमेजन डट कम’ को सेयर बिक्री गरिसकेका छन् । बजोससँग अमेजनको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।