विश्वभरमा महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै

विश्वभरमा महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै

काठमाडौं । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ ।

एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । विश्वभर खाद्यान्न र खाने तेलको मूल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महीनमा मात्र १० प्रतिशतले मूल्यवृद्धि भएको छ । आपूर्तिमा अवरोध, फ्याक्ट्री बन्द हुनु तथा राजनीतिक उतारचढाव बढेपछि खाद्यान्न उत्पादनमा लगातार दवाव बढिरहेको छ ।

यसअघि नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आपूर्ति प्रणालीमा आएको व्यवधानका कारण विश्व बजारमा खाद्य उपलब्धताको अनिश्चितता हुनसक्ने चेतावनी दिएको थियो । एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशतले वृद्धि भइरहेको छ ।

प्रकाशित मिति:     २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar