काठमाडौं । उत्तर कोरियाले कोभिड महामारीपछि उच्च खाद्यान्न संकट भोगिरहेको सार्वजनिक भएको छ। उत्तर कोरियाले सँधै खाद्यान्न संकट भोगिरहेको थियो तर कोरोना महामारीपछि त्यहाँको अवस्था अझ बढी बिग्रिएको बताइएको छ।
उत्तर कोरियाका शासक किम जोङ उनले देशको वर्तमान अवस्थालाई सन् १९९० को दशकको खराब अवस्था ‘आर्डुओस् मार्च’ सँग तुलना गरेका छन् जुन समय त्यहाँ हजारौं नागरिकले भोकमरीका कारण ज्यान गुमाएका थिए।
त्यसो त उत्तर कोरियाभित्रको सूचना बाहिरी संसारसम्म पुग्न कठिन छ। अझ सूचनाको स्रोतसम्मको पहुँच दिनदिनै अझ कठिन बन्दै गएको छ।