चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाक्यो

चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाक्यो

काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।

सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ । विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:     २० कार्तिक २०७८, शनिबार  |    Himali Khabar