काठमाडौं । रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएका छन् ।
विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने उनको भनाइ छ ।
‘यो स्पष्ट छ कि विश्व खाद्य संकट आउँदैछ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ, खाद्य मुद्रास्फीति तीव्र गतिमा छ,’ मेदभेदेवद्वारा प्रकाशित लेखमा उल्लेख छ । उनले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिएका छन्। विदेशी व्यापारको पुनः शुरु हुने दरमा धेरै कुरा निर्भर हुने भएकाले अब कसैले पनि सही पूर्वानुमान नसक्ने मेदवेदेवको टिप्पणी छ।