सना । यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ। विस्फोटमा कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा रहेको बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका हुन्।
घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ। त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको छ। बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएका छैनन्। तर पनि हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न हुने गरेकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन्।