उत्तर कोरियामा नोटको अभाव भएपछि कुपन प्रयोग गर्न थालियो

उत्तर कोरियामा नोटको अभाव भएपछि कुपन प्रयोग गर्न थालियो

काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ ।

कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र खाद्यान्न अभाव देखिएको हो ।
बालीनाली भित्र्याउने समय नजिकिइरहेका बेला उत्तर कोरियामा खाद्यान्न र आर्थिक अवस्था डरलाग्दो भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् । चीनसँगको व्यापार बढिरहेको र त्यहाँबाट ठूलो परमाणमा मानवीय सहायता आइरहेको पनि पर्यवेक्षकहरूको भनाइ छ ।

बिहीबार संसदमा भएको सुनुवाईमा दक्षिण कोरियाली खुफिया संस्थाले उत्तर कोरियाली नेताले चामलको हरेक गेडा बचाउन र मन लगाएर कृषिकर्म गर्न आदेश दिएको बताएको छ।

प्रकाशित मिति:     १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar