काठमाडौं । विश्वका धनाड्य व्यक्ति इलन मस्कको सम्पति एकै दिनमा करिब ३६ अर्ब अमेरिकी डलर (करिब ४३.२८ खर्ब) भन्दा बढी वृद्धि भएको छ । अमेरिकी कार रेन्टल कम्पनी ‘हर्ज’ले टेस्लाका एक लाख कार लिने घोषणा गरेसँगै कम्पनी र कम्पनीका सीईओ एलन मस्कको खुद नाफा नयाँ उचाइमा पुगेको हो ।
रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक गाडी लिने समाचारले टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।