उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। बिहीबार उत्तरले आफ्नो नयाँ एन्टी(एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो। एक महिना भित्र उत्तर कोरियाले गरेको यो चौथो परीक्षण हो।

केही दिन पहिला उत्तर कोरियाले एक नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो। उक्त मिसाइलमा परमाण क्षमता भएको जनाइएको छ। परीक्षणलाई लिएर अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले भने, यो परीक्षणबाट अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका उत्पन्न भएको छ। उता, उत्तर कोरियाले भने आत्मरक्षाका हतियार आवश्यक रहेको बताएको छ। उसले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar