लागोस । नाइजेरियाको एक उत्तरी प्रान्तमा गत मार्च महिनादेखि सुरु भएको हैजा प्रकोपका कारण कम्तीमा ३२९ जनाको ज्यान गएको छ । नाइजेरियाका स्वास्थ्य अधिकारीले यस्तो जानकारी गराएका हुन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट यसरी सर्वसाधारण व्यक्तिहरुको ज्यान गएको बताएका हुन् ।
त्यस राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजा प्रकोप फैलिएको थियो । हैजाबाट सयौंले ज्यान गुमाउँदा अरु कैयौँ बिरामी परेका उनले बताए । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो ।
तीमध्ये स्वास्थ्य परीक्षणपछि धेरै जना निको पनि भएका थिए । अहिले पनि ३१ जना व्यक्तिलाई हैजा लागेको पुष्टि भएको छ ।