अस्ट्रेलियाका भूकम्पको धक्का

अस्ट्रेलियाका भूकम्पको धक्का

काठमाडौं । अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा भूकम्प गएको छ। स्थानीय समय अनुसार बुधबार विहान ९ बजेर १५ मिनेटमा भूकम्प मापन गरिएको हो।

मेन्सफिल्डलाई केन्द्र बनाएर ५. ८ म्याग्नेच्युडको भूकम्प मान गरिएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पका कारण कयौं भवनहरुमा क्षति पुगेको जनाइएको छ। भूकम्पको झट्का दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरिएको जनाइएको छ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar