अमेरिका छिर्न खोज्दा जर्मनीमा पाँच दर्जन नेपाली पक्राउ

अमेरिका छिर्न खोज्दा जर्मनीमा पाँच दर्जन नेपाली पक्राउ

काठमाडौं । गैरकानूनीरुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेका छन् । मेक्सिको, मस्को र दुबई हुँदै अमेरिका जान लाग्दा उनीहरु जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा पक्राउ परेका थिए ।

जर्मनीस्थित नेपाली दूतावासका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने तयारी जर्मनी प्रहरीले गरेको छ । पक्राउ परेका नेपालीका अनुसार उनीहरुले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए ।

जर्मनीको सुरक्षा निकायले १८ जना आफूहरुको नियन्त्रणमा रहेको आफूहरुलाई जानकारी दिएको राजदूत रामकाजी खड्काले बताएका छन् । पक्राउ भएका ६ जनासँग जापानको नक्कली भिसा भएको पाइएकाले शंका लागेर अन्यलाई पनि पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar