चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

चीनका एक अर्ब बढी मानिसले कोरोनाको पूर्ण खोप लगाए

काठमाडौं । चीनमा एक अर्ब बढी मानिसहरूले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । नेसनल हेल्थ कमिटीले एक अर्ब बढी मानिसहरूले पूर्ण खोप लगाएको जानकारी दिएको हो ।

हालसम्म चीनमा साढे ९५ हजार कोरोना संक्रमति भएका र त्यसमध्ये साढे ४ हजारजत्तिको मृत्यु भएको बताइएको छ । अहिले सम्मको जानकारी अनुसार कोभिड–१९ को पहिलो संक्रमण १७ नोभेम्बर २०१९ मा चीनको वुहान सहरमा देखिएको थियो ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar