सत्याग्रहका लागि डा. गोविन्द केसी अमेरिका जाँदै

सत्याग्रहका लागि डा. गोविन्द केसी अमेरिका जाँदै

काठमाडौं । नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेका डा गोविन्द केसी आज अमेरिका प्रस्थान गर्दैछन्। सत्याग्रही डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रुपमा लिइएको छ। प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तन लगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले जनाएको छ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar