काठमाडौं । भारतको अर्थतन्त्र चालु आर्थिक वर्षमा १०प्रतिशत ले वृद्धि हुने अनुमान गरिएको छ । अर्थतन्त्र सम्बन्धी अनुसन्धान गर्ने ‘नेसनल काउन्सिल अफ एप्लाइड इकोनोमिक रिसर्च’ ले कोभिड १९ का कारण आपूर्तीमा देखिएको अवरोध न्यून हुनुका साथै विश्व अर्थतन्त्रमै उछाल आउनाले भारतीय अर्थतन्त्र पनि १० प्रतिशतले सुधार हुने अनुमान गरेको हो ।
तथापि भारतको चुनौती भने आगामी आर्थिक वर्षहरुमा पनि निरन्तर ७ प्रतिशत देखि ८ प्रतिशतसम्मको आर्थिक वृद्धिदर कायम राख्नु रहेको छ । पछिल्लो समय भारतीय अर्थतन्त्रमा आकर्षक सुधार हुँदै गएपनि महामारी वर्षलाई समेत गणना गर्ने हो भने खुद वृद्धिदर सामान्य मात्र देखिन्छ ।
अर्थात, आर्थिक वर्ष २०२१/२२ को अन्यमा भारतीय अर्थतन्त्र आर्थिक वर्ष २०१९/२० को भन्दा झिनो अंकले मात्र सुधार हुने देखिन्छ । कोभिड महामारीको सुरुवाती चरण र डेल्टा भेरियन्टको प्रकोपका बेला भारतीय अर्थतन्त्र निकै खस्किएको थियो ।