काठमाडौं । चीनले अफगानिस्तानलाई २० करोड चिनियाँ युआनबराबरको सहयोग दिने घोषणा गरेको छ । जसमा खाद्यान्न आपूर्ति र कोरोना भाइरस विरुद्धको खोप पनि सामेल छ । चीनले यसअघि नै अफगानिस्तानमा हालै बनेको तालिबानको सरकारसँग काम गर्न इच्छुक रहेको बताइसकेको छ ।
चीनले अफगानिस्तानको नयाँ अन्तरिक सरकारको गठन कानुन–व्यवस्था कायम राख्नका लागि आवश्यक रहेको बताएको छ । अमेरिकाले भने आफू अहिले नै तालिबानलाई मान्यता दिने पक्षमा नरहेको बताएको छ । यस्तोमा चीनले भने नयाँ सरकारलाई सहयोगसमेत घोषणा गरेको हो ।
चीनका विदेशमन्त्री वाङ यीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकहरुको बैठकको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले अन्य मुलुकलाई पनि अफगानिस्तानलाई सहयोगको लागि आग्रह गरेका छन् ।