भारती प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

भारती प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।

मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची सार्वजनिक गरेको हो । प्रत्येक साता यो एजेन्सीले नयाँ सूची सार्वजनिक गर्छ । ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा छन् ।

मेक्सिकोका राष्ट्रपति एंड्रेस म्यानुअल लोपेज, इटालेली प्रधानमन्त्री मारियो ड्रागी, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलियन राष्ट्रपति जोइर बोल्सेनारोलाई मोदीले उछिनेका छन् ।

प्रकाशित मिति:     २० भाद्र २०७८, आईतवार  |    Himali Khabar