काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको छानविन समितिले निष्कर्ष निकालेको छ । निर्वाचन निष्पक्ष नभएको केही समूहको असन्तुष्टीपछि बनाइएको छानविन समितिले उक्त ठहर गरेको हो ।
समितिले निर्वाचनलाई वैधानिकता दिने–नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई दिएको छ ।