क्युवाले क्रिप्टोकरेन्सीलाई भुक्तानीको मान्यता दियो

क्युवाले क्रिप्टोकरेन्सीलाई भुक्तानीको मान्यता दियो

काठमाडौं । क्युबाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ ।

बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित सरकारी घोषणा अनुसार क्रिप्टोकरेन्सीको विषयमा त्यहाँको राष्ट्रबैंकले नियम तय गर्नेछ र यस सम्बन्धी सेवा प्रदायकहरुलाई कसरी लाइसेन्स प्रदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

राजपत्रमा प्रकाशित घोषणा अनुसार आर्थिक सामाजिक हितका लागि क्रिप्टोकरेन्सीहरुको प्रयोगलाई केन्द्रीय बैंकले मान्यता दिनसक्ने उल्लेख छ । तर यस्ता कारोबारहरु पूर्ण रुपमा सरकारी नियन्त्रणमा हुने र कुनै अवैध क्रियाकलापमा संलग्न हुन नपाउने विषय पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar