काठमाडौं । इन्डोनेसियाको भ्रष्टाचार सम्बन्धी अदालतले एक पूर्व मन्त्रीले कोभिड–१९ प्रकरणमा लाखौँ डलर भ्रष्टाचार गरेको पुष्टि गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ । जाकार्टा करप्सन कोर्ट (जाकार्टा भ्रष्टाचार अदालत) ले भूतपूर्व सामाजिक मामिला मन्त्री जुलियारी बतुबरालाई १२ वर्षको सजाय सुनाएको हो ।
ती मन्त्रीले कोभिड–१९ सामाजिक सहयोग प्याकेजहरूको लागि सामग्री खरिद प्रकरणमा ३२।४ विलियन रुपैयाँ ९२।२५ मिलियन डलर० लिई भ्रष्टाचार गरेको ठहर गरिएको एक न्यायाधीसले बताए । ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको पाइएपछि अदालतले पूर्वमन्त्री जुलियारीलाई जेल सजायसँगै पाँच सय मिलियन इन्डोनेसियन रुपैयाँ जरिमाना र व्यक्तिगत खर्चको लागि प्रयोग गरिएको १४.५ विलियन रुपैयाँ फिर्ता गर्न आदेश दिएको छ । योसँगै जेलबाट छुटेको चार वर्षसम्म सार्वजनिक कार्यालयमा प्रतिबन्धसमेत लाग्न सक्ने न्यायाधीसहरूले बताएका छन् ।
यद्यपि, जुलियारीले भने भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् ।