काठमाडौं । “विश्व मानवीय दिवस २०२१” को अवसरमा UNPKFC – HQ Thailand ले गरिब तथा असहायहरुलाई खाना वितरण गरेको छ । UNPKFC ले थाइल्याण्डको बैंकक स्थित Wat Benjamabophit, Dusitwanaram Ratchaworawihan (Royal Temple) मा कोभिड–१९ बाट प्रभावित र गरिब एवम् विपन्न परिवारलाई खाना वितरण गरेको हो ।

UNPKFC ले विश्वभर मानव सेवा तथा सामाजिक सेवाको कार्य गर्दै आएको छ । यसका साथै युवाहरुलाई उद्यमीसँगै समाजसेवाको कार्यमा समेत प्रोत्साहन गर्दै आएको छ । यो सम्पुर्ण कार्य Dr . Aphinita Chaichana is a Global Commander in Chief of UNPKFC को नेतृत्वमा भएको हो ।
उक्त कार्यक्रममा नेपालको एसिया नेपाल होलिडे प्रा.लि पनि सह–आयोजकको रुपमा सहभागिता जनाएको थियो । यसका अतिरिक्त अन्य आधा दर्जन बढी कम्पनीहरु सह–आयोजकका रुपमा सहभागि थिए । एसिया नेपाल होलिडेका संचालक एवम् UNPKFC का बरिष्ठ सल्लाहकार बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेलले मानवनीय सेवा नै उत्कृष्ट सेवा भएकाले उक्त कार्यक्रममा कम्पनीले सहभागिता जनाएको बताए । यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने विश्वास उहाँको छ।

२ वर्षदेखिको कोरोना महामारीले विश्वभर निम्न एवम् विपन्न समूदाय निकै प्रताडित छन् । उनीहरुलाई दैनिकी चलाउन समेत निकै समस्या परेको छ । यो अवस्था यूएनपिकेएफसीले गरेको सकारात्मक कार्यले आफूलाई निकै खुसी बनाएको शर्माले बताए । यसका साथै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा अन्य नेपाली कम्पनीहरुले पनि सहभागिता जनाउदा मुलुकको पर्यटन प्रबर्द्धनमा निकै सहयोग पुग्ने उनको विश्वास छ ।
संयुक्त राष्ट्र महासभाले सन् २००८ मा अगस्ट १९ लाई विश्व मानवीय दिवस घोषणा गरेको थियो। यो दिन बग्दादको नहर होटलमा भएको बम विष्फोटको सम्झनामा मनाइएको थियो । जसमा २२ संयुक्त राष्ट्र संघीय अधिकारीहरु मारिएका थिए ।
