मलेसियाको प्रधानमन्त्रीमा याकोब नियुक्त

मलेसियाको प्रधानमन्त्रीमा याकोब नियुक्त

काठमाडौं । मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माईल साब्री बिन याकोब नियुक्त भएका छन्। देशको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले शुक्रबार याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

उनले निवर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप(प्रधानमन्त्रीसँगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरेका थिए। राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी उनैलाई दिएका थिए।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar