घरघरमा गएर पछिल्लो सरकारलाई सहयोग गर्नेहरू खोज्दै तालिबान

घरघरमा गएर पछिल्लो सरकारलाई सहयोग गर्नेहरू खोज्दै तालिबान

काठमाडौं । तालिबानले नेटो सैनिक र अफगानिस्तान सरकारसित काम गरिसकेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।

उक्त रिपोर्टअनुसार तालिबान लडाकुहरू घरघरमा गएर तलासी गरिरहेका छन् । उनीहरूका परिवारलाई धम्की दिइरहेका छन् । अर्कोतर्फ, तालिबान नेतृत्वले भने कुनै बदला नलिइने भन्दै अफगानिस्तानका नागरिकलाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ । अफगानिस्तानमाथि कब्जा गरेसँगै तालिबान नेतृत्वले स्थानीयलाई यस्तो भरोसा दिलाउन कोसिस गरिरहेको छ । तर, मानिसमा डर छ ।

उक्त रिपोर्ट आरएचआईपीटीओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसले तयार पारेको हो । यसले राष्ट्रसंघलाई गोप्य जानकारी प्रदान गर्ने गर्छ । यसका प्रमुख क्रिस्चियन नेलेमनले तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाएको र उनीहरूमाथि खतरा उत्पन्न भएको बीबीसीलाई बताएका छन् ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar