राष्ट्रपति घानी पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप

राष्ट्रपति घानी पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप

काठमाडौं । रुसले अफगानिस्तानका राष्ट्रपति अशरफ घनी पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप लगाएको छ। काबुलमा रहेको रूसी दूतावासकी प्रवक्ता निकिता इश्चेन्कोले घानी भाग्दा केही पैसा नअटेर छोड्नु परेकोसमेत दाबी गरेकी छन्।

इश्चेन्कोलाई उद्धृत आरआईएले भनेको छ,‘चार कारहरु पैसाले भरिएको थियो, उनीहरुले पैसाको अर्को भाग एक हेलिकप्टरमा राख्ने कोसिस गरे। तर, ती सबै अटेन र केही पैसा त्यही छाडेर भागेका थिए।’

अफगानी सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहले राष्ट्रपति घानी आइतबार देश छाडेको पुष्टि गरेका थिए।

गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै घानी ताजिकिस्तान गएको बताएका छन्।

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar