काठमाडौं । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्।
आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।