ह्याकरले ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरे

ह्याकरले ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरे

सीएनएन।ह्याकरहरुले विकेन्द्रिकृत आर्थिक प्लेटफर्म पोली नेटवर्कबाट ६० करोड अमेरिकी डलरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्।यस उद्योगमा भएको यो हालसम्मकै सबैभन्दा ठूलो चोरी हो।पोली नेटवर्कले उक्त रकम फिर्ता गर्न ह्याकरहरुलाई आग्रह गरेको छ।

“तपाईँहरुले ह्याक गरेको पैसा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो।तपाईँहरुले जुन पैसा चोरी गर्नुभयो त्यो हजारौं क्रिप्टो समुदायको हो। समाधानको लागि तपाईँहरु हामीसँग कुरा गर्नसक्नु हुन्छ”, पोली नेटवर्कले भनेको छ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar