यौन हिंसाको आरोप पुष्टि भएपछि न्युयोर्कका मेयरले राजीनामा दिए

यौन हिंसाको आरोप पुष्टि भएपछि न्युयोर्कका मेयरले राजीनामा दिए

काठमाडौं । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन्। ११ जना महिलालाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि उनले राजीनामा दिएका हुन्।न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको निष्कर्षसहित छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन्।

मेयरले महिलाहरुलाई जबर्जस्ती चुम्बन गरेको र गोप्य अंगहरुमा इच्छाविपरीत हात लगाएको छानबिनबाट पुष्टि भएको छ। राजीनामा दिँदै कुमोले आफूले गर्ने सबैभन्दा उत्तम छनोट राजीनामा भएको बताएको बीबीसीले उल्लेख गरेको छ। सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर रहेका उनी अमेरिकी सत्ताधारी दल डेमोक्रेटिक पार्टीका नेता हुन्।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar