एजेन्सी।रिचर्ड ब्रेन्सनको अन्तरिक्ष पर्यटनसम्बन्धी कम्पनी भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राको लागि टिकट बिक्री सुरु गरेको छ।बुकिङ् खुला गरेपछि ६०० जनाले अन्तरिक्षको यात्रा गर्न टिकट बुक गरेको कम्पनीले जनाएको छ।
अन्तरिक्ष यात्राका लागि एउटा टिकटको मूल्य करिब ५ करोड रुपैयाँ राखिएको छ।सन् २०१४ को तुलनामा टिकटको मूल्य दुई गुणा महंगो भएको बताइएको छ।गत ११ जुलाईमा कम्पनीले अन्तरिक्षको सफल उडान गरेको थियो।