रुसमा भ्रष्ट प्रहरीविरुद्ध कारबाही गर्दा भेटियो सुनको शौचालय

रुसमा भ्रष्ट प्रहरीविरुद्ध कारबाही गर्दा भेटियो सुनको शौचालय

काठमाडौं । रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरुको एक समूहलाई अनुसन्धानकर्ताले पक्राउ गरेका छन्। अनुसन्धानका क्रममा धेरै ठाउँमा छापा मारिएको थियो। तीमध्ये एक भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा विलासी सामग्रीहरु फेला परेको बताइएको छ।

पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना प्रहरी पक्राउ परेका थिए। आरोपितहरुले हालसम्म कुनै पनि प्रतिक्रिया नदिएको जनाइएको छ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar