काठमाडौं । क्यानडा सरकारले भारतबाट हुने सिधा हवाई उडानमाथि लगाएको प्रतिबन्ध थप एक महिना बढाएको छ।
भारतमा कोभिड-१९ संक्रमणको दोस्रो लहरले फैलिरहेको अवस्थामा क्यानडाले अप्रिल २२ मा भारतबाट हुने ‘डाइरेक्ट फ्लाइट’ माथि पहिलोपटक प्रतिबन्ध लगाएको थियो। त्यसपछि क्यानडाले चारपटकसम्म प्रतिबन्धको समय थपेको हो। यसअघिको प्रतिबन्ध जुलाई २१ मा सकिँदै थियो।
अहिले क्यानडा सरकारले अगस्ट २१ सम्मका लागि प्रतिबन्धको समय बढाएको हो।