UNPKFC को भर्चुअल ग्लोबल सम्मेलन सम्पन्न, नेपालबाट बरिष्ठ सल्लाहकार शर्मा सहभागि

UNPKFC को भर्चुअल ग्लोबल सम्मेलन सम्पन्न, नेपालबाट बरिष्ठ सल्लाहकार शर्मा सहभागि

काठमाडौं । युनाइटेड नेशन्स पीस किपर्स फेडरल काउन्सिल (UNPKFC – HQ, Thailand) ले “वल्ड युथ स्किल डे–२०२१” को अवसरमा भर्चुअल माध्यमबाट ग्लोबल सम्मेलन आयोजना गरेको छ । अनलाइन भर्चुअल सम्मेलनले युएनपीकेएफसीको युवासम्म पुग्ने प्रयासको सुरूवातलाई संकेत गरेको बताइएको छ।

सम्मेलनमा मुलुकको विकासमा युवाहरुको भूमिका र उनीहरुको क्षमता अभिवृद्धि लगायतका विषयमा केन्द्रित रहेको थियो । यूएनपीकेएफसीका अध्यक्ष डा. अफिनीता चैचानाले सबै प्रतिष्ठित व्यक्तिहरू, वक्ताहरू र सहभागीहरूलाई स्वागत गर्न गर्दै युवाको लागि आजको घटनाको महत्त्व र उनीहरूको भावी रोजगारी र राष्ट्र निर्माणको लागि आवश्यक सीपहरूको साथ उनीहरूलाई सशक्त पार्न आवश्यक रहेको बताएकी थिइन ।

उक्त भर्चुअल ग्लोबल सम्मेलनमा नेपालका तर्फबाट यूएनपिकेएफसी (एसिया प्यासेफिक क्षेत्र) का बरिष्ठ सल्लाहकार बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी, गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले सहभागिता जनाएका थिए । उनले एसिया प्यासेफिक क्षेत्रको मानव सेवा, सामाजिक विकास र राष्ट्र निर्माणमा युवाहरुको योग्दान लगायतका विषयमा चर्चा गरेका थिए । युवा जनशक्ति संसारकै लागि विकास र समृद्धिको बाहक भएको भन्दै उनीहरुको क्षमताको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

सो सम्मेलनमा विश्वभरका १५ देखि ३५ वर्षका ३ सय भन्दा बढी युवाहरु पनि अनलाइन माध्यमबाट सहभागि थिए ।

प्रकाशित मिति:     २ श्रावण २०७८, शनिबार  |    Himali Khabar