विदेशमा रहेका नेपालीले जेठसम्म ८० खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स पठाए

विदेशमा रहेका नेपालीले जेठसम्म ८० खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स पठाए

काठमाडौं । गत आर्थिक वर्षको जेठमा घटेको रेमिट्यान्स आप्रवाह चालू आर्थिक वर्षको सोहि अवधिमा भने १२.६ प्रतिशतले वृद्धि भएको छ । यसरी वृद्धि हुँदा विप्रेषण ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको छ ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar