अफगानी सुरक्षा कारबाहीमा १०९ तालिबान लडाकु मारिए

अफगानी सुरक्षा कारबाहीमा १०९ तालिबान लडाकु मारिए

काठमाडौं। अफगानिस्तानको सुरक्षा फौजले गरेको कारबाहीमा पछिल्लो चौबिस घण्टामा १०९ जना तालिवान लडाकुहरू मारिएका छन्।

अफगानिस्तानको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा गरिएको कारबाहीमा २५ जना तालिबान घाइते भएको बताइएको छ। मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो। शुक्रबार बिहान लडाकुहरूले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar