क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता

काठमाडौं । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली बेपत्ता भएका छन्। मेक्सिको सीमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गत असार ५ गते कोलम्बियाको समुन्द्रमा दुर्घटना भए पनि अहिलेमात्र सार्वजनिक भएको हो।

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्। क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा डुंगा दुर्घटना भएको हो। डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन्।

सँगै बेपत्ता भएका अन्य तीन नेपाली युवाको भने नाम–ठेगाना खुलेको छैन ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar