हैटीका राष्ट्रपतिको घरमै हत्या

हैटीका राष्ट्रपतिको घरमै हत्या

काठमाडौं । क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। उनको हत्या कसले गर्‍यो भन्ने खुलिसकेको छैन। बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar