चितवनका महिलाले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान नपाउने

चितवनका महिलाले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान नपाउने

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ।

नगरपालिकाको नवौं नगरसभाले बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गरेको हो।नगरसभाले बालविवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह,सम्बन्धविच्छेद र बसाइसराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति:     १९ असार २०७८, शनिबार  |    Himali Khabar