टिकटकले ७३ लाख प्रयोगकर्तालाई हटायाे

टिकटकले ७३ लाख प्रयोगकर्तालाई हटायाे

एजेन्सी। उमेर नपुगेका बालबालिकाले चलाएकाे आशंकामा टिकटकले तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ।टिकटक १३ वर्षभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउछन्।

टिकटकले नियम पालना नगरेका करोड १९ लाख ५१ हजार ३२७ भिडियो हटाएको छ।जसमध्ये ८२ प्रतिशत भिडियो अरूले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन्।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar